
तर, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट त्योभन्दा अलि पृथक देखिएका छन् । उनी त्यहाँका राजा विलियम अलेक्जेन्डरलाई भेट्न दरबारमा जाँदा साइकलको प्रयोग गरेका छन् ।
साइकल चढेर दरबार पुगेका उनले साइकल पार्क गरेको एउटा तस्वीर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेदरल्यान्डका स्थायी प्रतिनिधिले यो तस्वीर ट्वीट गरेपछि सामाजिक सञ्जालमा समेत भाइरल भएको छ ।
प्रधानमन्त्री रुटले नयाँ सरकार गठनको तयारीबारे राजालाई जानकारी गराएको बताइन्छ ।
पर्यावरणको क्षेत्रमा काम गर्दै आएका संस्थाका अनुसार नेदरल्यान्डको राजधानीमा प्रदुषणकोमात्रा निकै खराब पाइएको छ । हावामा नाइट्रोजन अक्साइडको मात्रा निकै बढी भएको उनीहरुको जिकिर छ ।
सोही कारण पनि प्रधानमन्त्री रुटले गाडी प्रयोग नगरेर एउटा सन्देश दिएको अधिकारीहरुको भनाइ छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्