२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


व्यावसायिक किबी खेतीतर्फ किसानहरु आकर्षित


0
Shares

म्याग्दी । म्याग्दीका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् ।

चिसो हावापानीमा हुने लहरा प्रजातीको फल किबीको परीक्षण उत्पादन सफल भएसँगै आम्दानी पनि राम्रो हुने भएपछि किसान यसतर्फ लागेका हुन् ।

पूर्वी नेपालका विभिन्न जिल्लामा व्यावसायिकरुपमा गरिँदै आएको किबी खेती गरिँदै आएको भए पनि केही वर्ष यता भने म्याग्दीका किसानले पनि विस्तार गरेका छन् ।

एक हेक्टर जमिनमा ४ सय विरुवा मात्र रोप्न मिल्ने किवी खेती म्याग्दीको उच्च भागमा लगाइएको छ ।

कुहुँ, राम्चे र घतानमा किवीको व्यवसायिक रुप मै खेती गरिएको छ ।

वामदेव रिजालले दोलखा र काभ्रेबाट केही बिरुवा लिएर तीन वर्षअघि १७ रोपनी जग्गामा २ सय ५० वटा विरुवा लिएर सुरु गरेको किवी खेती अहिले जिल्लाका अधिकांश किसानले गर्न थालेका छन् ।