
अमेरिकी च्यानल ‘सीएनएन’सँगको कुराकानीका क्रममा विदेशमन्त्री टिलर्सनले पहिलो बम खसेसम्म पनि कूटनीतिक पहल नरोकिने स्पष्ट पारे ।
उनले नाकाबन्दी र कूटनीति दुबैका कारण उत्तर कोरियाको आणविक हतियार कार्यक्रमबिरुद्ध अभूतपूर्व अन्तर्राष्ट्रिय एकता बनेको उल्लेख गरे । कोरियाली प्रायद्विपलाई घेरेर समुद्रमा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु गरेको बेला अमेरिकी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो ।
टिलर्सनले यसअघि नै उत्तर कोरियासँग प्रत्यक्ष सम्पर्कमा रहेको खुलासा गरेका थिए । उत्तर कोरियाले भने सैन्य अभ्यासलाई युद्ध अभ्यास भन्दै यसको कडा जवाफ दिने धम्की दिंदै आएको छ ।
गत महिनामात्र राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनसँगको वार्ता समयको बर्वादीमात्र भएको बताएका थिए । उत्तर कोरियाले पछिल्ला महिनामा आणविक र मिसाइल परीक्षण तीब्र पारेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्