पोर्चुगलको आगलागीमा २७ जनाको मृत्यु, ५१ घाइते • Image Khabar Image Khabar


पोर्चुगलको आगलागीमा २७ जनाको मृत्यु, ५१ घाइते


Imagekhabar
३० आश्विन २०७४, सोमबार १९:००

पोर्चुगलको आगलागीमा २७ जनाको मृत्यु, ५१ घाइते

देशका ५०० भन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको र अन्य ५१ जना घाइते भएको विभिन्न सन्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रिय नागरिक संरक्षण प्राधिकरणले आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको सोमबार जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्याट्रिकिआ गास्परले विनाशकारी आगलागीका कारण मृत्यु भएका मध्ये भिसेउका १६ जना, कोइम्बराका १० जना र कास्टोलो ब्रान्कोका एक जना रहेको जानकारी दिए ।

देशको उत्तरी र मध्य क्षेत्रमा तापक्रम बढेर आइतबार ३२ डिग्री सेल्सीयस पुगेको बताइएको छ । विषेश गरेर उत्तरी रिभर ट्याङस प्रदेश सरकारले भिसेउमा सार्वजनिक संकटकाल घोषणा गरेको छ ।

आगलागीमा परी घाइते भएका ५१ जना मध्ये कम्तीमा ६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । घाइते मध्ये अधिकांश आगलागी भएपछि भागदौड गर्दा भएको दुर्घटनामा परी घाइते भएका हुन् ।

अधिकांश मोटरबाटो र रेल मार्गहरु बन्द भएका छन् भने गाउँहरु पुरै खाली गराइएका छन् । सोमबार सम्म १४७ ठाँउमा आगलागी भइरहेको छ र आगलागी नियन्त्रण गर्न ६ हजार अग्नी नियन्त्रकहरु परिचालित भइरहेका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्