Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


आर्थिक विकासको मेरुदन्ड लघु, घरेलु तथा साना उद्योग : उद्योगमन्त्री


0
Shares

आर्थिक विकासको मेरुदन्ड यी उद्योग नै ठूला उद्योगको आधारस्तम्भ भएकाले देशमा यस्ता उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

आफ्नो लगाव पनि यस्ता उद्योगहरूसँग भएकाले देशका लागि यिनको योगदान महसुस गरेको भन्दै उनले देशको आर्थिक उन्नतिमा योगदान पुर्‍याउँदै आएका यस्ता उद्योगको प्रवद्र्घनका लागि ऋृण सहुलियतदेखि के–के कुरामा सहयोग पुर्‍याउन सकिन्छ आफू छलफलका लागि तयार रहेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमन्डलसँग सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

निर्यातको ८० प्रतिशत घरेलु उद्योगबाट निर्यात हुने गरेको जानकारी गराउँदै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढेको प्रस्ट पारेको महासंघले जनाएको छ ।

Skip This