काठमाडौं, पुस २२ । संसद्को अर्थ समितिबाट लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ परिमार्जनसहित पारित भएको छ ।
बैठकको क्रममा सांसदको कोरम नपुगे पनि समितिबाट उक्त विधेयक पारित गरिएको हो । विधेयकमा महालेखा परीक्षकले संविधान र यस ऐनको अधिनमा रही नियमनकारी निकायलाई समय समयमा निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ ।
यस्तै तत्कालै कारबाही गर्नुपर्ने चल/अचल राष्ट्रिय धनको हानी नोक्सानी भएको वा हुने देखिएमा महालेखापरीक्षकले जुनसुकै बेलामा पनि राष्ट्रपति वा प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्