काठमाडौं, पुस २२ । शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा’ नामक उपहार योजनाको पहिलो चरणको लक्की ड्र गरिएको छ ।
लक्की ड्रबाट ६० वटा कुपन विजेतामार्फत १२० जनाले हेलिकप्टरबाट काठमाडौं–गोसाईकुण्ड–काठमाडौं देव दर्शनको यात्रा गर्ने अवसर पाएका छन् ।
कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी पहिलो चरणका उपहार विजेता छनौट गरेको हो । कम्पनीले यस योजनामा कुल ४८२ जनाले हेलिकप्टरबाट काठमाडौं–गोसाईकुण्ड–काठमाडौं देव दर्शनको यात्रा गर्ने अवसर पाउने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्