१६ जेष्ठ २०८२, शुक्रबार | Fri May 30 2025


चिनियाँ कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन भोलिदेखि


0
Shares

सम्मेलन बुधबार विहान ९ बजे राजधानी बेइजिङको ‘ग्रेट हल अफ दि पिपुल’मा सुरु हुने तय भएको हो । काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट २ हजार २८७ जना प्रतिनिधि छानिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच वर्षमा बस्ने गर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवं शक्तिशाली अंगका रुपमा लिइन्छ । यसले आगामी पाँच वर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ ।

सम्मेलनस्थल ‘ग्रेट हल अफ दि पिपुल’ विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।