Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


शेयर बजारमा गिरावट जारी


0
Shares

काठमाडौं, पुस २२ । साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।

कारोबार शुरु भएदेखि निरन्तरजसो ओरालो लागेको नेप्से ७ अंकले ऋणात्मक रही ११७० मा आएर थामियो । अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूहमा गिरावट आयो । 

निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च ७९ अंकको गिरावट आयो । जीवन बीमा समूह पनि ४३ अंकले ओरालो लाग्यो । उत्पादनमूलक, लघुवित्त, विकास बैंक र जलविद्युत समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीको १३ लाख ६३ हजार कित्ता शेयर जम्मा ३१ करोड बराबरमा किनबेच भएको एक्सेन्जले जनाएको छ ।