३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


‘आयुर्वेदिक औषधि उत्पादनमा अनुसन्धानको अभाव’


0
Shares

सिंहदरबार वैद्यखाना विकास समितिले मंगलबार राजधानीमा गरेको कार्यक्रममा नेपाललाई आयुर्वेदिक औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउन सुझाव दिइएको थियो ।

कार्यक्रममा वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीले आयुर्वेदिक औषधि उत्पादनमा अनुसन्धानको अभाव रहेको बताए ।

कुन जडिबुटी के कामका लागि प्रयोग गरिन्छ ? भन्ने अध्ययन नै नहुँदा बजारको मागअनुसारको आपूर्ति हुन नसकेको गुनासो उनले गरे ।

नेपाल सरकारले आयुर्वेदिक औषधि उत्पादन गर्न यस आर्थिक वर्षमा ६ करोड २३ लाख रुपैयाँ बजेट छुट्याएको छ भने वर्षेनि ४० हजार १४० प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्देश्य लिएको कार्यक्रममा जानकारी दिइयो ।