तिहारमा टेलिकमको छुटैछुट • Image Khabar Image Khabar


तिहारमा टेलिकमको छुटैछुट


Imagekhabar
३१ आश्विन २०७४, मंगलवार १९:५२

तिहारमा टेलिकमको छुटैछुट

टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ ।

सो योजना बुधबार (भोलि)देखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

यस्तै, टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ ।

टेलिकमले यु–ट्यूब डाटा प्याकमा पनि छुट दिने भएको छ । रु १०० मा एक जीबी डाटा उपलब्ध गराउनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ ।

यस्तै, रु ६० मा ५०० एमबी डाटा भोल्यूम प्राप्त हुने र त्यसको अवधि १४ दिनको हुने टेलिकमले जनाएको छ ।

यस्तै, रु १० मा ११ मिनेट आफ्नै नेटवर्कभित्र कुराकानी गर्न सकिने र आधारभूत एवं सीडीएमए नेटवर्कभित्र रु २०० मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महिनाभर १०० स्थानीय कल थप गरी मासिक महसुलमा रु २७५ कल निःशुल्क उपलब्ध गराइनेछ ।

कात्तिक महिनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्