Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बीपीएलमा सन्दीपको उत्कृष्ट सुरुवात


0
Shares

ढाका, पुस २२ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि उत्कृष्ट सुरुवात गरेका छन् ।

सिलेट सिक्सर्सबाट खेलेका सन्दीपले पहिलो खेलमै दुई विकेट लिएका छन् ।

कोमिला भिक्टोरियन्सविरुद्ध आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको सिलेटले ८ विकेटको क्षतिमा १२७ रन बनायो । निकोलस पुरनले सर्वाधिक ४१ रन बनाएको इनिङ्समा सन्दीपले दुई बलमा अविजित रहँदै एक रन जोडे । 

जवाफमा कोमिलाले एक बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा जित हासिल ग¥यो ।

एक विकेटसमेत लिएका अलराउन्डर शाहिद अफ्रिदीले २५ बलमा अविजित रहँदै ३९ रन बनाए ।

सन्दीपले ४ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए ।

अष्ट्रेलियामा जारी बीग बास क्रिकेट छाडेर सन्दीप बीपीएल खेल्न बंगलादेश पुगेका हुन् ।