१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


राष्ट्रिय स्वास्थ्य नीति ल्याइने


0
Shares

स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय स्वास्थ्य नीतिको मस्यौदामा दुर्गम क्षेत्र र चुनौतीपूर्ण भू–भागहरुमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको उपस्थिति सुनिश्चित गर्ने, आयुर्वेद, परम्परागत र वैकल्पिक चिकित्सा पद्धतिलाई प्रोत्साहन गर्ने, पोषणयुक्त आहार, उपकरण, खोप आदिजस्ता स्वास्थ्य सामग्रीहरुको उत्पादन गर्दै आत्मनिर्भर हुने लक्ष्य लिइएको छ ।

यस्तै, ज्येष्ठ नागरिकका स्वास्थ्य समस्याहरुलाई प्राथमिक स्वास्थ्य सेवाको तहदेखि नै व्यवस्थापन गरी अस्पतालमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सुनिश्चित गर्ने पनि मस्यौदामा उल्लेख छ ।

समुदायमा मिडवाइफ सेवा सहज बनाउने पनि उल्लेख छ ।