
इजिप्ट, पुस २२ । इजिप्टमा बम डिस्पोज गर्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।
इजिप्टको नसर शहरमा रहेको एक चर्चको छानामा राखिएको बम निष्कृय पार्ने क्रममा उनको मृत्यु भएको हो । बम निष्कृय पार्नमा निकै पोख्त मानिएका मुस्तफा अविद आफ्ना सहकर्मीहरुको सहयोगमा काम गरिरहेका बेला अचानक बम विस्फोट हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा अन्य तीन सुरक्षाकर्मी घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्