Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


महेश्वरको ‘मुन्द्री’ सार्वजनिक


0
Shares

ज्योति साहित्य प्रतिष्ठानले बुधबार आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि समालोचक प्राडा कुमारप्रसाद कोइराला, वरिष्ठ साहित्यकार माया ठकुरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले उक्त पुस्तकको संयुक्तरुपमा विमोचन गरे ।

प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राडा कुमारप्रसाद कोइराला, साहित्यकार माया ठकुरी, पदम विश्वकर्मा, विश्वासदीप तिगेला, लेखक महेश्वर पन्त, कमला रिसाल ज्योति, उषा आचार्य र नरहरी प्रेमीले उक्त पुस्तक र स्रष्टाका बारेमा बोलेका थिए ।

कार्यक्रमका बीचमा ज्योति साहित्य प्रतिष्ठानले मासिकरुपमा गर्दै आएको कविता वाचन कार्यक्रमलाई पनि निरन्तरता दिइयो । कविता वाचनमा ललिता दोषी, महेश रिजाल, प्रमोद स्नेही, तारा केसी, शैलेन्द्र शाह, प्रकाश खड्कालगायतका कवि सहभागी भएका थिए ।