
केदार कटवाल/ईमेज
उदयपुर । बसाहा– विरेन्द्रचोक–गाईघाट–कटारी–भिमान सम्मको पूर्वी लोकमार्ग अन्तर्गत १ सय ३४ किलो मिटर सडकखण्डमा पर्ने ५३ वटा पुल निर्माण समयमै सम्पन्न नहुने संकेत देखिएको छ ।
वि.स.२०७३ कार्तिक २४ गते सम्झौता भएको ४३ वटा पुल ३ अर्ब ४३ करोडमा कोलेन–रसुवा–पुन्नी जेवीले संझौता गरी निर्माण कार्य सुरु गरेको हो ।
यी पुलमध्ये सुनसरी खण्डका तीन र उदयपुर–सिन्धुली खण्डका ३० ओटा पुल २०७६ असार सम्ममा र १० ओटा पुल २०७७ जेठ २४ सम्ममा निर्माण सम्पन्न हुने ठेक्दार कम्पनीले बताएको छ ।
उदयपुरको अत्याधिक जनघनत्व ओगटेको मैदानी भाग सदरमुकाम गाईघाट पूर्वको चौदण्डीगढी नगरपालिका बेल्टार खण्डमा ४ वटा र पश्चिम तर्फको कटारी नगरपालिका क्षेत्रमा ६ वटा नदीमा निर्माण हुनुपर्ने पुलको टेन्डर नहुदाँ यातायात संचालनमा कठिनाइ भइरहेको छ ।
जिल्लाको पूर्वी सहर बेल्टारबाट वि.स. २०५० देखि यातायात संचालन भए पनि लामा, लाटे र काली खोलामा पुल नबन्दा बर्षाद याममा दुई महिना यातायात संचालनमा कठिनाई हुदै आएको यातायात संचालकको गुनासो छ ।
यस्तै सदरमुकामतर्फको ज्यामिरे, खैराहा र असारी खोलाको पुल टेन्टर नलाग्दा अन्य जिल्ला हुँदै सदरमुकाम जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्