
यी दुई देशले गत सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा यी दुई देशले सैन्य अभ्यास सुरु गरेका हुन् ।
अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाई एक किसीमले सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ ।
उत्तर कोरियाको ‘इमर्जेन्सी कमिटी’का प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ‘यी दुई देशले अहिलेसम्मकै सबैभन्दा ठूलो यो सैन्य अभ्यास सञ्चालन गरेर कोरियाली प्रायद्वीपमा युद्ध चाहेका छन् ।’
विज्ञप्तिमा उनले अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्तिभन्दा पनि युद्ध चाहेकोले यस्ता सैन्य अभ्यासजस्ता उत्तेजक व्यवहारहरु प्रदर्शन गरेका आरोप पनि लगाएका हुन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्