
गीताञ्जलीले पानीमा सीसाको प्रदूषण पत्ता लगाउने सस्तो र नयाँ तरिका पत्ता लगाएकी हुन् । उनले बनाएको उपकरण कार्बन नैनोट्युब्सले पानीमा सीसा भए÷नभएको पत्ता लगाउने छ ।
अब उनले विज्ञानको क्षेत्रमा आफ्नो विचार विकसित गर्न तीन महिना शीर्ष वैज्ञानिकहरुसँग बसेर अनुसन्धान गर्ने मौका पाएकी छन् । अमेरिकाका हजारौं जलसम्पदा सीसाका कारण प्रदुषित बनिरहेका बेला उनले बनाएको उपकरणले पानीमा सीसाको प्रदूषण कम गर्न सहयोग पुग्ने देखिएको छ ।
उनले पत्ता लगाएको विधिअनुसार मोबाइलमा उक्त उपकरण जडान गरी पानीमा राखेर सीसाको मात्रा पत्ता लगाइने छ । उनले सो खोज अमेरिकाको मिशिगन प्रान्तको फिलन्ट शहरमा सन् २०१५ र १६ मा भएको जल प्रदूषणबाट प्रेरित भई गरेको बताएकी छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्