
विश्वका कयौं राष्ट्रमा जमात अल अहार समूहको नाममा आतंकवादी गतिविधि गर्दैै आएका खोरसानी अमेरिकी ड्रोन विमानले अफगानिस्तानमा गरेको हमलामा मारिएका हुन् । उनीसँगै अन्य नौ जना चरमपन्थी पनि मारिएका छन् ।
उनकै नेतृत्वमा पाकिस्तानमा पछिल्लो समय शक्तिशाली बम बिस्फोट गराइएको बताइएको छ ।
अमेरिकी बिदेशमन्त्री रेक्स टिलर्सनको पाकिस्तान भ्रमण सकेलगत्तै अमेरिकाले ड्रोन हमलालाई तीब्रता दिएको हो । सोही समूहले गत वर्ष पाकिस्तानको लाहोरमा शक्तिशाली बम बिस्फोट गराई ७० जनाको ज्यान लिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्