Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


तिहारको समयमा पाँचथरमा चम्कियो ढाकाको व्यापार


0
Shares

ढाकाबाट बनेका टोपी, मफलर, कुर्तासुरुवाल, सारी, ब्लाउज, पछ्यौरा, चौबन्दी, सटलगायतका सामग्रीको ब्यापार बढेको हो । अरु समयमा मुस्किलले महिनामा ५० हजारदेखि एक लाख रुपैयाँसम्मका ढाकाका सामान बिक्री हुने गरेको भए पनि तिहारका बेला भने दैनिक ५० हजार रुपैयाँको हाराहारीमा सामान बिक्री भएको फिदिम बजारको प्रतिमा ढाका पसलका सञ्चालक तिवेन्द्र राना मगरले जानकारी दिए ।

विशेष गरी भाईटिकाका दिन दिदीबहिनी र दाजुभाईले टीका लगाएपछि उपहारका रुपमा ढाकाका सामान दिने चलन बढ्दै गएको छ । सदरमुकाम फिदिम बजारमा तयार गरिएका ढाकाका सामान पूर्वका विभिन्न जिल्लामा पु¥याइँदै आएको छ ।