१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


भारतमा सरकारी कार्यालय भवनको छाना अकस्मात् खस्दा ८ जनाको मृत्यु


0
Shares

चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी ८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ । उक्त भवनको छाना शुक्रबार बिहानीपख करिब साढे तीन बजे अकस्मात् खसेको थियो । त्यस समयमा ती व्यक्तिहरु सोही कार्यालयमा सुतेका थिए ।

त्यसमा परी अरु तीनजना घाइते भएका छन् । गम्भीर घाइते उनीहरुलाई भत्किएको सो भवनको भग्नावशेषबाट उद्धार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

सो भवन किन भत्कियो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ । भारतमा यसरी भवन भत्कने घटना दोहोरिइरहेका पाइन्छन् । रासस/सिन्ह्वा