१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


जर्मनी, फ्रान्सलगायतका मुलुक ‘अखन्ड स्पेन’का पक्षमा


0
Shares

स्वतन्त्रतासम्बन्धी क्याटलोनियाको प्रयासले निम्त्याएको संकटबारे युरोपेली नेताहरुले छलफल नगर्ने उनले प्रस्ट गरेका हुन् ।

यसअघि, बिहीबार स्पेनी सरकारले क्याटलोनियाको स्वायत्ततासम्बन्धी केही अधिकार कटौती गर्दै प्रत्यक्ष शासन गर्ने जनाएको थियो ।

तर, क्याटलन नेता कार्लस पुज्डमनले भने त्यसो गरिए स्वतन्त्रतालाई आफूले अनुमोदन गर्ने चेतावनी दिएका छन् ।

स्पेनबाट स्वतन्त्र हुन भन्दै क्याटलोनियामा यही अक्टोबर १ तारिखमा जनमतसंग्रह गराइएको थियो ।

तर, स्पेनको संवैधानिक अदालतले त्यसलाई गैरकानुनी घोषणा गरेपछि क्याटलोनियामा ठूला–ठूला प्रदर्शनहरु भएका छन् ।

उता, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोंलगायत युरोपेली नेताहरु पनि अखन्ड स्पेनको पक्षमा रहेका छन् ।

ब्रसेल्समा भएको युरोपेली परिषदको बैठकमा आप्रवासी समस्याबारे पनि छलफल भएको र आप्रवासी रोक्न अफ्रिकी मुलुकहरुलाई इयू सदस्य राष्ट्रले दिने भनेका आर्थिक सहयोगको हालसम्म पाँच प्रतिशत रकममात्रै प्राप्त भएको उल्लेख गरिएको छ ।

युरोपेली मुलुकहरुले आप्रवासीको प्रवाह रोक्न ३ अर्ब ७० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । (एजेन्सी)