२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लमजुङको बेसीसहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता


0
Shares

परम्परागत लिंगेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि दोस्रो ठूलो पर्व तिहारको अवसरमा बेसीसहर नगरपालिका–३ गाउँसहरमा प्रतियोगिता आयोजना गरिएको हो ।

स्थानीय जनज्योति युवा क्लब, अमर गणेश बाबा समूह र गोदावरी आमा समूहको संयुक्त आयोजनामा लिंगेपिङ मच्चाउने प्रतियोगिता भएको हो ।

आधुनिक संस्कृतिको प्रभाव भइरहेका बेला नयाँ पुस्ताका युवाहरुले परम्परागत संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम गर्नु सराहनीय भएको स्थानीय राजेश थापाले बताए ।

विभिन्न ठाउँबाट आएका २२ जना युवाहरुको सहभागिता रहेको प्रतियोगितामा स्थानीय सन्तोष नेपालीले २३ फिट उचाइसम्म मच्चाएर प्रथम भए । प्रतियोगितामा स्थानीय सन्देश हिमाली दोस्रो भए ।

प्रतियोगिताका विजेतालाई प्रमाणपत्रसहित रु एक हजार र उपविजेतालाई रु ५०० पुरस्कार दिइएको थियो । रासस