Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


गड्डाचौकी भन्सारको राजश्व संकलन लक्ष्यभन्दा बढी


0
Shares

कन्चनपुर, पुस २१ । कन्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ करोड २४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले यस अवधिमा लक्ष्यभन्दा एक करोड १२ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको हो ।

साउनदेखि मंसिरसम्म १५ करोड २४ लाख लक्ष्य रहेकोमा १६ करोड २४ लाख रुपैयाँ राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए ।

भन्सार कार्यालय गड्डाचौकीको तथ्यांकअनुसार भारतबाट फलफूल, तरकारीलगायत कृषि र खाद्यान्न भित्रिने गरेको छ भने हस्तकलाका सामग्री र जडीबुडी भारततर्फ निर्यात हुने गरेको छ ।

सरकारले वस्तुभाउ निर्यात गर्न प्रोत्साहनसहित विभिन्न सुविधा प्रदान गर्दै आएपनि गड्डाचौकी भन्सारबाट सामान निर्यातको अवस्था भने निराशाजनक रहेको प्रमुख भन्सार अधिकृत अधिकारीको भनाइ छ ।

चालू आर्थिक वर्षमा ४० करोड १२ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको भन्सार कार्यालयले गत आर्थिक वर्षमा ३२ करोड ५३ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।