जिम्बाबेसँग तोडिएको क्रिकेट सम्बन्ध पुनर्स्थापना गर्न बेलायत लचिलो • Image Khabar Image Khabar


जिम्बाबेसँग तोडिएको क्रिकेट सम्बन्ध पुनर्स्थापना गर्न बेलायत लचिलो


Imagekhabar
४ कार्तिक २०७४, शनिबार ०९:४९

जिम्बाबेसँग तोडिएको क्रिकेट सम्बन्ध पुनर्स्थापना गर्न बेलायत लचिलो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अघि सारेको एक दिवसीय क्रिकेट लिगको अवधारणमा जिम्बाबेसँग पनि खेल्नुपर्ने आवश्यकता आउने देखेपछि इंग्लिश टोली लचिलो बनेको हो ।

यसअघि सन् २००८ मा बेलायत सरकारको सल्लाहमा इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले जिम्बाबेसँग सबैखाले क्रिकेट सम्बन्ध विच्छेद गरेको थियो ।

जिम्बाबेमा तत्कालिन राष्ट्रपति रोबर्ट मुगाबेविरुद्धको प्रदर्शन र राजनीतिक अस्थिरताका कारण बेलायतले जिम्बाबेसँगको क्रिकेट सम्बन्ध तोडेको थियो । तर आईसीसीले एक दिवसीय मान्यता प्राप्त सबै १३ देशले एक अर्कासँग लिग खेल्ने नयाँ ढाँचाको प्रतियोगिता अघि सारेपछि ईसीबीले पनि आफ्नो अडान परिवर्तन गर्ने संकेत दिएको हो ।

नयाँ ढाँचाको एक दिवसीय क्रिकेट लिग २०२१ मा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्