Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता’


0
Shares

काठमाडौं, पुस २१ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कुरियर सेवा संघलाई सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

शनिबार राजधानीमा सम्पन्न कुरियर सेवा संघको २४औं वार्षिकोत्सवमा उनले निजी क्षेत्रलाई सन्तुुलन र नियन्त्रण आवश्यक पर्ने भएकाले सरकारसँग सहकार्य गर्नुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले अहिले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता परेकाले यसमा निजी क्षेत्रले र सरकारसँग सहकार्य गर्न आवश्यक रहेको उल्लेख गरे ।

संघका महासचिव सञ्जय मण्डलले कुरियर सेवा सन्चालनका लागि सरकारको स्पस्ट नीति नभएकाले आयात–निर्यातका लागि विमानस्थलमा समस्या भोगिरहनुपरेको बताए ।