२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित


0
Shares

अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३–० ले पराजित गरेको हो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई भने हडर्सफिल्ड टाउनले २–१ ले पराजित गर्‍यो ।

जोजे मौरिन्होको प्रशिक्षणमा रहेको म्यान्चेस्टर युनाईटेडको जारी सिजनमा यो पहिलो हार हो ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले वाट्फोर्डलाई ४–२ ले हराँउदा न्युकासल युनाईटेडले क्रिष्टल प्यालेसलाई १–० ले पराजित ग¥यो । लेष्टर सिटीले स्वान्सी सिटीलाई तथा बर्नमाउथले स्टोक सिटीलाई समान २–१ गोल अन्तरमा पराजित गर्दा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई १–० ले पराजित गरेको छ ।

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज आर्सनलले एभर्टनसँग खेल्दा लिभरपुल र टोटनह्याम हट्सपर भिड्नेछन् ।