
निर्वाचनका लागि सबै पक्षले आ–आफ्नो तयारी थालेका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न जिल्लामा क्रियाशिल दलहरु सक्रिय बनेका छन् भने निर्वाचन कार्यालय पनि तयारीमा जुटेको छ ।
स्थानीय तहमा झै यसपटक पनि ७४ वटा मतदानस्थल राख्ने तयारी निर्वाचन कार्यालयको छ ।
दलहरुले उम्मेदवारको नामावली केन्द्रमा पठाईसकेका छन् भने मतदातालाई आफ्नो पक्षमा पार्न गाउँ अभियान संचालन गर्दैछन् ।
पर्वत जिल्ला अदालतका न्यायाधीशलाई मूख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । कात्तिक ९ गते मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । मतदाता शिक्षा कार्याक्रम भने कात्तिक २१ गतेदेखि जिल्लाका ६१ वटै वडामा संचालन गरिने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माको भनाइ छ ।
निर्वाचनमा एक लाख ७ हजार ३ सय मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् । स्थानीय तहको चुनावमा ९९ हजार ६ सय मतदाता रहेकोमा अहिले करिब ८ हजार मतदाता बढेका हुन् ।
प्रत्येक मतदान स्थलमा एक हजार मतदाता हुने गरी तयारी गरिएको छ । सुरक्षा निकाय पनि निर्वाचन केन्द्रित सुरक्षा योजनामा जुटेको निर्वाचन अधिकारी शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्