
अष्ट्रेलियाको ब्रिसबेनमा आइतबार सम्पन्न खेलमा पाहुना टोली इंग्ल्यान्ड २ विकेटले पराजित भयो ।
खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । इंग्ल्यान्डका लागि लरेन विनफिल्डले सर्वाधिक ४८ रन जोडिन् ।
जवाफमा २२९ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले खेलमा ५ बल बाँकी छँदा ८ विकेट गुमाएर विजय लक्ष्य पार गर्यो । अष्ट्रेलियाको जितमा अलेक्स ब्ल्याकवेलको अविजित ६७ रन महत्वपूर्ण रह्यो ।
जितसँगै अष्ट्रेलियन महिला क्रिकेट टिमले शृंखलामा २ अंक जोडेको छ ।
एसेस क्रिकेटको महिला संस्करणमा एक दिवसीय र ट्वेन्टी–२० तर्फ विजयी हुने टोलीले २ अंक पाउनेछ भने टेस्टमा विजयी हुने टोलीले ४ अंक पाउनेछ ।
सबै खेल सकिएपछि सबैभन्दा बढी अंक जोड्ने टोलीले एसेस शृंखलाको उपाधि जित्नेछ ।
प्रतिक्रिया दिनुहोस्