१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


दोलखामा ३९ जनाको उम्मेदवारी दर्ता


0
Shares

यहाँ नेपाली कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

आइतबार वाम गठबन्धनका कारण निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयन दर्ता केही ढिला गरी सुरु भएपनि शान्तिपूर्णरुपले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।

कांग्रेसले जिल्लाको दुवै क्षेत्र र प्रतिनिधिसभा सदस्य गरी तीनओटै पदमा उम्मेदवारी दर्ता गराएको छ ।

वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभाको क्षेत्र नम्बर–२ मा एमालेका तथा प्रदेशसभाको क्षेत्र नम्बर–१ मा माओवादी केन्द्रका उम्मेदवारको उम्मेदवारी दर्ता गराइएको छ ।

निर्वाचन आयोगमा दर्ता भएर क्रियाशील रहेका १५ ओटा पार्टीबाट २७ र स्वतन्त्र १२ जना गरी ३९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत काफ्लेकाअनुसार प्रतिनिधिसभा सदस्यका लागि १५ जना, प्रदेशसभा क्षेत्र नम्बर–१ मा ११ र क्षेत्र नम्बर–२ मा १३ जना गरी कुल ३९ जनाको उम्मेदवारी दर्ता भएको छ ।