आईबारमाथि रियल मड्रिडको जित • Image Khabar Image Khabar


आईबारमाथि रियल मड्रिडको जित


Imagekhabar
६ कार्तिक २०७४, सोमबार ०९:४८

आईबारमाथि रियल मड्रिडको जित

घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सिओ र मार्सेलोले एक–एक गोल गरे । आईबारका राड्रिग्वेज ओलिभेराले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि रियालले सुरुवाति अग्रता लिएको थियो ।

जितपछि ९ खेलबाट रियाल मड्रिडको २० अंक भएको छ । तेस्रो स्थानमा रहेको रियाल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा पाँच अंकले पछि छ ।

दोस्रो स्थानको भ्यालेन्सियाको २१ अंक छ ।

गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई १–० ले हरायो । २८ औं मिनेटमा केभिन गामेइरोले गरेको गोल नै एथ्लेटिकोको जितमा निर्णायक बन्यो ।

जितपछि चौथो स्थानको एथ्लेटिको मड्रिडको ९ खेलबाट १९ अंक भएको छ । अरु खेलमा भियारियालले लास पाल्मासलाई ४–० तथा लेगानेजले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्