१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


८०७ जनाको उम्मेदवारी दर्ता, प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ जना


0
Shares

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सन्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो चरणअन्तर्गत् मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको हो ।

तीमध्ये प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारकोविरुद्ध उजुरी दिनका लागि सोमबार (आज) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि परेको मनोनयनको जिल्लागत विवरण यस प्रकार छ ।

सि.नं जिल्ला प्रतिनिधिसभा प्रदेशसभा १ प्रदेशसभा २
१. ताप्लेजुङ ९ ७ ८
२. पाँचथर ११ ९ ९
३. संखुवासभा १२ ९ ९
४. भोजपुर ८ ८ ६
५. सोलुखुम्बु ६ ६ ५
६. खोटाङ १० ६ ५
७. ओखलढुंंगा ९ ७ ६
८. दोलखा १६ १२ १२
९. रामेछाप १४ १० १२
१०. रसुवा ११ ७ ५
११. धादिङ–१ ८ ८ ६
१२. धादिङ–२ १३ १७ ८
१३. नुवाकोट–१ १३ ७ ९
१४. नुवाकोट–२ ११ ८ ९
१५. सिन्धुपाल्चोक–१ १३ ११ ९
१६. सिन्धुपाल्चोक–२ ९ ६ १०
१७. गोरखा–१ ८ ४ २
१८. गोरखा–२ १० ८ ५
१९. मनाङ २ २ ३
२०. लमजुङ १२ ७ ९
२१. मुस्ताङ २ २ ४
२२. म्याग्दी ८ ६ ५
२३. बागलुङ–१ ८ ५ ३
२४. बागलुङ–२ ६ ३ ६
२५. रुकुम (पूर्वी भाग) ७ ५ ३
२६. रोल्पा १० ८ ६
२७. रुकुम (पश्चिम भाग) ७ ५ ३
२८. डोल्पा ५ ४ ४
२९. मुगु ९ ८ ६
३०. जुम्ला ७ ७ ४
३१. कालीकोट १० ८ ७
३२. हुम्ला ९ ६ ५
३३. जाजरकोट ७ ७ ७
३४. बाजुरा ३ ५ ५
३५. बझाङ ९ ८ ५
३६. दार्चुला ५ ५ ५
३७. बैतडी ६ ५ २
जम्मा ३२३ २५६ २२८ रासस