१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


डेंगु रोगबाट २६३ जना प्रभावित


0
Shares

असोज १६ गते पहिलोपटक पाँच जनामा देखिएको यो रोगको संक्रमण सोमबार बिहानसम्ममा २६३ जनामा देखिएको हो ।

ती मध्ये २४५ जना स्थानीय बासिन्दा तथा बाँकी १८ जना सिन्धुली र धनुषा जिल्लाका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

डेंगुका बिरामी बढ्दै गएपछि बर्दिबास क्षेत्रमा त्रास फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दिबास नगरपालिका र अन्य सामाजिक संघसंस्थाले डेंगु नियन्त्रणको संयुक्त पहलकदमी देखाए पनि यो अझै नियन्त्रण हुन सकेको छैन् ।

डेंगु नियन्त्रण हुन नसक्दा संक्रमण हुनेको संख्या दिनानुदिन थपिँदै गएको छ । संक्रमित अस्पतालको प्रत्यक्ष निगरानीमा रहेका र उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य प्रशासक डा राजिव झाले बताए ।

डेंगु संक्रमितमध्ये पाँच जनामा गम्भीर समस्या देखिएको सो रोगकोे उपचारमा सलग्न बर्दिबासस्थित जनसेवा हस्पिटलका चिकित्सक डा.गणेशकुमार श्रेष्ठले जानकारी दिए । गम्भीर समस्या देखिएका पाँचै जनालाई थप उपचारका लागि राजधानीस्थित टेकु अस्पताल पठाइएको उनले बताए । रासस