कमल थापा मकवानपुर–२ बाट चुनाव लड्ने, काठमाडौं–७ मा विक्रम थापा • Image Khabar Image Khabar


कमल थापा मकवानपुर–२ बाट चुनाव लड्ने, काठमाडौं–७ मा विक्रम थापा


Imagekhabar
६ कार्तिक २०७४, सोमबार १५:५२

कमल थापा मकवानपुर–२ बाट चुनाव लड्ने, काठमाडौं–७ मा विक्रम थापा

मकवानपुर–२ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख–१ मा कुन्तीकुमारी शाही र काठमाडौं–७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिने उक्त पार्टीले जनाएको छ ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

प्रदेशसभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ (ख)बाट सोनाम तामाङ, बैतडी (ख)बाट गणेश चन्द, म्याग्दी (क)बाट भीमप्रसाद गौचनलाई उम्मेदवारकारूपमा तय गरेको जनाइएको छ ।

उक्त पार्टीले मुलुकका सातओटै प्रदेशमा चुनावी सभासमेत गर्ने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्