२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


सन्दीप लामिछाने, विनोद भण्डारी, आरिफ शेख र करण केसी सर्वाधिक ‘मूल्यवान’


0
Shares

सोमबार राजधानीमा भएको अक्सनमार्फत् प्रतियोगितामा सहभागी विभिन्न ६ सहरका टोलीहरुले खेलाडी खरिद गरेका हुन् ।

अक्सनका लागि १६० खेलाडीले नाम दर्ता गरे पनि प्राविधिक समितिले मापदन्डअनुसार ९० खेलाडीलाई अक्सनका लागि छनोट गर्दै ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरेको थियो ।

अक्सनमा सन्दीप लामिछाने, करण केसी, आरिफ सेख र विनोद भण्डारी अधिकतम् मूल्यमा बिक्री भएका छन् ।

एक खेलाडीलाई अधिकतम् १ लाख ७५ हजार रुपैयाँमा खरिद गर्न पाउने प्रावधानअनुसार सन्दीपलाई ललितपुरले, विनोदलाई पोखराले, आरिफलाई भैरहवाले तथा करणलाई विराटनगरले अधिकतम् मूल्यमा खरिद गरेका हुन् ।