
म्याग्दी । म्याग्दीका बासिन्दा ८० लाख रुपैयाँ खर्चेर पुलहाश्रमको पूर्वाधार निर्माण गरेका छन् ।
श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह क्रृषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रममा पूर्वाधार निर्माण गरिएको हो ।
धार्मिक र पौराणिक रुपमा अति महत्वपूर्ण स्थानको विकासका लागि सरकारी निकायबाट पहल नभएपछि २०४६ सालदेखि स्थानीयवासी पूर्वाधार निर्माणमा जुटेका थिए ।
अहिलेसम्म दुई पटक महायज्ञ लगाएर पुलहाश्रम क्षेत्रमा ८० लाख रुपैयाँ बराबरको पूर्वाधार निर्माण भएको पुलहाश्रम क्षेत्रविकास समितिका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।
पुलहाश्रममा २०४६ र २०६८ सालमा महायज्ञ लगाई त्यसबाट संकलन भएको रकमले मन्दिर निर्माण, अतिथि गृह, क्षेत्र विकास समितिको कार्यालय, खानेपानी, विद्युत् र मोटरबाटो जस्ता भौतिक पूर्वाधारहरुको निर्माण गरिएको छ ।
यसका साथै हेलिप्याड निर्माण, वनभोज स्थल र मन्दिर वरिपरिको क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्