१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


‘श्रीलंकालाई मानव अधिकार उल्लंघनका विषयमा जवाफदेही बनाउन सकिएन’


0
Shares

राष्ट्रसंघका विशेष प्रतिनिधि प्याव्लो डे ग्रेइफले श्रीलंकामा भएको गृहयुद्धका क्रममा युद्ध अपराध तथा मानव अधिकार उल्लंघनका बिषयमा श्रीलंकालाई कुनै पनि विन्दुमा जवाफदेही बनाउन नसकिएको सोमबार कोलोम्वोमा सन्चारकर्मीसँगको कुराकानीमा बताएका हुन् ।

संक्रमणकालिन न्यायका लागि राष्ट्रसंघका विशेष दूत ग्रेइफले भने, ‘दुई वर्ष पहिले म आउँदा युद्ध अपराधसम्बन्धि जुन–जुन कुरालाई सम्वोधन गर्नुपर्ने भनिएको थियो ति मुद्धा अहिले पनि सम्वोधन नभएको मैले पाएँ । यो राज्यको जवाफदेहीताप्रति उदासिनताको उदाहरण हो ।’

द्वन्दकालमा सेनाद्वारा कब्जा भएको नागरिकको जमिन फिर्ता गर्ने बिषय होस् वा आतंकवाद विरोधी कडा कानून होस् यस विषयलाई राज्यले गम्भीर रूपमा सोच्नुपर्छ, उनले थपे ।

आतंकवादी तथा द्वन्द्वको त्रास फैलाएको आरोपमा लामो समयदेखि जेलमा राखिएका नागरिकलाई सुरक्षा निगरानीमा राखिएकोमा उनीहरूको मुद्दा शीघ्ररूपमा टुंग्याउनुपर्नेमा राष्ट्रसंघ प्रमुखको जोड थियो ।

श्रीलंकामा गृहयुद्धको अन्त्य सन् २००९ मा भएपनि युद्ध अपराधसम्बन्धि मुद्दाहरूलाई टुंग्याउने इमान्दारितामा सरकार चुकेको उनको आरोप छ । सरकारी सेनाले पृथक राज्यको माग गरी युद्धमा गएका तामिल विद्रोहीलाई करिब दश वर्ष पहिले पराजित गरेको थियो । (रासस/एपी)