Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


गुम्बा, बिहार पुनःनिर्माणसम्बन्धी कार्यविधि स्वीकृत, पुनःनिर्माण गर्ने बाटो खुल्यो


0
Shares

काठमाडौं, पुस २० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तुपहरुको संरक्षण, जीर्णोद्वार तथा पुनःनिर्माणसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ ।

यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तुपाहरुको पुनःनिर्माण, संरक्षण र जीर्णोद्वारका लागि बाटो खुल्ला भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले पारित गरेको कार्यविधिमा पुरातात्विक महत्व रहेका १०० वर्षभन्दा पुराना तथा दुई हजार वर्गफिटभन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तुपहरुको पुनःनिर्माण आवश्यकताबमोजिम पुरातत्व विभागको पूर्वस्वीकृति लिइ केन्द्रीय आयोजना कार्यान्वयन इकाइको प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ ।

भूकम्पबाट प्रभावित दुई हजार वर्गफिट प्लिन्थ एरियाभन्दा कमका गुम्बा, बिहार तथा स्तुपहरुको पुनःनिर्माण गर्दा सम्बन्धित उपभोक्ता समितिमार्फत् गर्ने कार्यलाई प्रथामिकता दिइने कार्यविधिमा उल्लेख गरिएको छ ।

यसैगरी, १०० वर्ष नपुगेका दुई हजार वर्गफिटभन्दा कम प्लिन्थ एरिया भएकाको संरक्षण, जीर्णोद्वार तथा पुनःनिर्माणकार्य स्थानीय तहमार्फत् गरिने जनाइएको छ ।

यस्तै बैठकले चारओटा एकीकृत बस्ती विकासको योजना स्वीकृत गरेको पनि जनाइएको छ ।

Skip This