१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


सरकारले रोजगारीभन्दा पनि स्वरोजगारीमा जोड दिनुपर्छ : गुरुङ


0
Shares

काठमाडौं, पुस २० । सरकारले रोजगारीभन्दा पनि स्वरोजगारीमा बढी जोड दिनुपर्नेमा विज्ञहरुको सुझाव दिएका छन् ।

सरकारले स्वरोजगारी प्रवद्र्धन गर्नसकेमामात्रै वैदेशिक रोजगारीका लागि युवाहरु विदेश पलायन रोक्नसकिने श्रमविज्ञहरु बताउँछन् ।

नेपालबाट दैनिक एक हजार बढी युवाहरु रोजगारीका लागि विदेश पलायन हुने गरेको सरकारी तथ्यांक छ ।

वैदेशिक रोजगारीमा गइ फर्केर आउने श्रमिकहरुलाई पनि स्वरोजगारीमा लाग्ने वातावरण बनाउन ठोस योजना ल्याउन नसकिएको आप्रवासनविद् डा. गणेश गुरुङ बताउँछन् ।

सरकारले विभिन्न मुलुकहरुमा गएर आउने श्रमिकको स्पस्ट तथ्यांक राखेर उनीहरुलाई स्वदेशमा नै स्वरोजगारीमा लाग्ने वा उनीहरुका लागि रोजगारीको सिर्जना गर्न ठोस योजना ल्याउनुपर्नेमा गुरुङको सुझाव छ ।

नेपालमा रोजगारी सिर्जनाको पर्याप्त सम्भावना भएपनि सरकारको ठोस नीति अभावका कारण उपलब्धि हासिल गर्न नसकिएको विज्ञहरुको विश्लेषण छ ।