काठमाडौं, पुस २० । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको हातामा रहेको करुणा भवनको पुनःनिर्माण गरिने भएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुनःनिर्माणकार्यको शिलान्यास गरे ।
वि.सं. २०१२ सालमा यो भवन निर्माणका लागि चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाइले सहयोग गरेका थिए ।
गैरसरकारी संस्था सफा सुनौलो नेपाल र चाउ एन लाइ फाउन्डेसनले संयुक्तरुपमा भवनको पुनःनिर्माण गर्न लागिएको हो ।
निर्माणको जिम्मेवारी भने चाइना फाउन्डेसन फर प्रोभर्टी एलिभेसनलाई दिइएको छ ।
शिलान्यास कार्यक्रममा चिनियाँ प्रतिनिधिहरुकोसमेत सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्