फोरम र राजपा सिट बाँडफाँटको सहमतिनजिक • Image Khabar Image Khabar


फोरम र राजपा सिट बाँडफाँटको सहमतिनजिक


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार २०:१८

फोरम र राजपा सिट बाँडफाँटको सहमतिनजिक

दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भएपनि नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुंग्याइने निर्वाचनका लागि सिट तालमेल कार्यदलका सदस्य एवं राजपाका नेता मनीष सुमनले जानकारी दिए ।

‘कांग्रेस र फोरमसँगको वार्ता करिब सहमतिनजिक पुगेको छ, लोकतान्त्रिक गठबन्धनले कसरी विजय सुनिश्चित गर्नसक्छ सोही आधारमा तालमेल गरी उम्मेदवार उठाउन अहिले अध्ययन गरिरहेका छौं’–उनले भने ।

समाजवादी फोरमको तर्फबाट कार्यदलका सदस्य रामनरेश राय यादवले उम्मेदवारको तालमेलबारे करिब सहमतिनजिक पुगेको बताए ।

प्रतिनिधि र प्रदेशसभामा कस्ता र कुन उम्मेदवारलाई उठाउने भन्नेबारे केही असमझदारी रहेकाले त्यो चाँडै टुंगिने उनको भनाइ छ ।

दुई पार्टीबीच प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट संख्या टुंगो लागेको बताइएको छ ।

फोरम–राजपाले कांग्रेससँग पनि निर्वाचनमा तालमेल गर्ने अनौपचारिक सहमति गरेअनुरुप छलफल चलिरहेको छ ।

फोरम र राजपाबीच सहमति भएपछिमात्रै कांग्रेससँग छलफल गर्ने नेता सुमनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्