
ई.एफ.एल कप भनिने यो प्रतियोगिताको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई टाई ब्रेकरमा पराजित गर्यो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा म्यान सिटी ४-१ ले विजयी भएको हो ।
लिग कप फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीलाई २-० ले हराउँदा आर्सनलले नर्वीच सिटीलाई २-१ ले पराजित गर्यो ।
लेष्टर सिटीले लिड्स युनाईटेडलाई ३-० ले हराउँदा बर्नमाउथले मिडिल्सब्रोलाई ३-१ ले तथा ब्रिस्टोल सिटीले क्रिष्टल प्यालेसलाई ४-१ ले पाखा लगायो ।
लिग कप फुटबलमा आज राती चेल्सीले एभर्टनसँग खेल्दा टोटनह्याम हट्सपरको भिडन्त वेष्ट ह्याम युनाईटेडसँग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्