१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सरकार दिनरात विकासमा खटिएको छ : प्रधानमन्त्री


0
Shares

इलाम, पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार दिनरात विकासमा खटिएको बताएका छन् ।

इलाम नगरपालिकाले सदरमुकाममा आयोजना गरेको लगानी सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ताबाहिर रहेकाले सरकारको आलोचना गरेको भएपनि सरकारले विकासको काम भने नछाडेको दाबी गरे ।

शिक्षा, विकास र निर्यातका हिसाबले इलाम अगाडि रहेको भन्दै उनले लगानीका हिसाबले इलाम सुरक्षित रहेको बताए ।

उद्यमीहरुलाई इलाममा लगानी गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेकाले कुनै समस्या नहुने बताए ।

इलाम सदरमुकाम (खलंगा) स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा लगानी सम्मेलनमा गरिएको हो ।

प्रधानमन्त्रीको नागरिक अभिनन्दन, कांग्रेसद्वारा बहिस्कार

कार्यक्रममा प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दनसमेत गरिएको थियो । उनलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मायाको चिनोसहित खादा र अबिर लगाएर अभिनन्दन गरेका थिए ।

नेपाली कांग्रेसले भने प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखिएको भन्दै सम्मेलन नै बहिस्कार गरेको थियो ।