१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


झापामा डेंगुको संक्रमण फैलियो, एक जनाको मृत्यु, ३ सय ४१ संक्रमित


0
Shares

जनस्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले समयमा उपचारको पहुँचमा पुग्न नसक्दा ती महिलाको मृत्यु भएको बताए ।

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर बेदप्रसाद घिमिरेले तिहारअघि ८१ जना संक्रमित भेटिएकोमा अहिले संक्रमित हुनेको सङ्ख्या ३ सय ४१ जना पुगेको जानकारी दिए ।

जनस्वास्थ्य कार्यालयको टोलीले दुई दिन लगाएर झापाका सरकारी तथा निजी अस्पताल र क्लिनिकबाट डेंगु संक्रमित बिरामीको तथ्यांक संकलन गरेको थियो । डेंगु संक्रमितमध्ये करिव तीन सय विर्तामोड नगरपालिकाभित्रकै छन् ।

झापामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयले सर्वसाधारणमा अपिल गरिरहेका बेला एक सातायता डेंगु संक्रमित विरामीको संख्या अस्वाभाविकरुपमा बढेको हो ।

डेंगुको प्रकोप फैलिएपछि विर्तामोड नगरपालिकाले सबै वडामा अविलम्व नियन्त्रण अभियान सुरु गर्न वडाध्यक्षको नेतृत्वमा टोली परिचालन गरेको छ ।

प्रकोप नियन्त्रणका लागि नगरपालिकाले पर्चा वितरण, माईकिङ, औषधि छिट्ने र बजार छेउछाउमा राखिएका पुराना टायर नष्ट गर्न थालेकोे विर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार सिवाकोटीले जानकारी दिए ।