काठमाडौं, पुस २० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको जीवनीमा आधारित पुस्तक ‘कप्तान १९९८’ विमोचन गरिएको छ ।
नेपालगन्जको क्रिएटिभ ह्यान्ड्सले प्रकाशन गरेको पुस्तकको शुक्रबार राजधानीमा नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डे तथा क्रिकेट टोलीका पूर्वकप्तानहरु उत्तम कर्माचार्य, एलबी क्षेत्री, पवन अग्रवाल, विनोद दास र निरा राजोपाध्यायले संयुक्तरुपले विमोचन गरे ।
भारतको कोलकातामा जन्मिएका लेखबहादुर क्षेत्रीलाई क्रिकेटको दुनियाँमा एलबी क्षेत्रीको नामले चिनिन्छ ।
उनले सन् १९९८ मा नेपालमै आयोजित एसीसी ट्रफीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरेका थिए ।
त्यसअघि, सन् १९९६ मा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा क्षेत्री उपकप्तान थिए ।








प्रतिक्रिया दिनुहोस्