
सोलुखुम्बुको प्रदेश ‘क’मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेता शर्माले बुधबार उम्मेदवारी फिर्ता गर्ने निर्धारित् समयमा फिर्ता नगरेपछि चुनाव लड्ने निश्चित भएको हो ।
मंगलबार पत्रकार सम्मेलनमा एमाले अध्यक्ष मानवीर राईले लोचनकुमार शर्माले उम्मेदवार फिर्ता लिने विश्वास व्यक्त गरेका थिए ।
लामो समय आफ्नो ऊर्जाशील समय र जीवन पार्टीमा खर्चंदा पनि पार्टीले उचित स्थान नदिएको शर्माको गुनासो छ ।
उनले स्थानीय तहको निर्वाचनमा नेचा–सल्यान गाउँपालिका प्रमुखकोसमेत दाबी गर्दै स्वतन्त्र उम्मेदवारीसमेत दिने उद्घोष गरेका थिए ।
एमालेले नेता उत्तमकुमार बस्नेतलाई प्रदेश ‘क’मा उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसबाट प्रकाशसिंह कार्की उम्मेदवार बनेका छन् ।
शर्माको उम्मेदवारीले बस्नेतलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । ‘बागी’ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरे कडा कारबाही गर्ने एमाले केन्द्रीय तहका नेताहरुले बताउँदै आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्