२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाली खानालाई विश्वव्यापीकरण गर्ने अभियान सुरु


0
Shares

पर्यटन उद्यमी कर्ण शाक्य, होटल संघ नेपाल, रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल र सेफ्स एसोसिएसन अफ नेपालको अगुवाइमा अभियानको सुरुआत गरिएको हो ।

अहिलेसम्म नेपाली खाना भनेर भारतीय परिकार खाने–पस्किने गरिएको भन्दै नेपाली खानाको रैथानेपनलाई अन्तर्राष्ट्रिय स्वादअनुसार परिमार्जन गरी कलात्पक ढंगले पस्कन र प्रस्तुत् गर्न यो अभियान सुरु गरिएको जनाइएको छ ।

बुधबार सिल्भर माउन्टेन स्कुल अफ मेनेजमेन्टमा एक कार्यक्रम गरी नेपाली रैथाने खानाका परिकारहरु प्रस्तुत् गरियो ।

होटल, रेस्टुराँ र सेफ एसोसिएसनका प्रतिनिधिहरुसँग मिलेर पर्यटन उद्यमीहरुले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्वादमा परिमार्जन गरी विश्वाव्यापीकरण गर्न लागिएको शाक्यले बताए ।

यसका लागि सातजना सेफहरुको समिति पनि गठन गरिएको र समितिले २०÷२५ ओटा नेपाली ‘सिग्नेचर डिसेस’ तयार गर्ने उनले उल्लेख गरे ।

यसलाई सबैले रुचाएपछि यसको ‘रेसिपी’ तयार गरी स्वदेशी–विदेशी रेस्टुराँहरुमा वितरण गरिने जनाइएको छ ।