९ असार २०८२, सोमबार | Tue Jun 24 2025


पाँचथरमा बाम र लोकतान्त्रिक गठबन्धनको चुनावी रस्साकस्सी (भिडियो)


0
Shares

निर्वाचनमा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ ।

पूर्वी पहाडी जिल्ला पाँचथरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा बाम गठबन्धनले नेकपा एमालेका वसन्तकुमार नेम्बाङलाई अगाडि सारेको छ ।

यता लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे उम्मेदवार बनाएको छ ।

प्रदेश सभाअन्र्तगत ‘क’ क्षेत्रबाट बामगठबन्धनबाट एमालेका गणेशकुमार काम्बाङ र ‘ख’ क्षेत्रबाट माओवादी केन्द्रका इन्द्र आङ्बो (मौसम) चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट भने प्रदेशसभाअन्र्तगत ‘क’ क्षेत्रबाट कांग्रेस पार्टी जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, ‘ख’ क्षेत्रबाट पार्टी जिल्ला महासमिति सदस्य सुरेन्द्र कुमार दाहालले प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसका उम्मेदवारलाई राप्रपा र राप्रपा प्रजातान्त्रिकले सहयोग गर्ने भएपनि प्रतिस्पर्धा कडा हुने देखिएको छ ।

तमोर जलाशय बनाएर प्रदेश नम्बर १ का जनताको घरघरमा उज्यालो बनाएर समृद्धिको नमूना प्रदेश बनाउने अभियानका साथ उम्मेद्धवारी दिएको बाम गठबन्धनका उम्मेदवार बशन्त कुमार नेम्बाङको दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।

यता, बामगठवन्धनभित्र उम्मेदवारीको विषयलाई लिएर केही मतभेद र असन्तुष्टि बढेको भन्दै लोकतान्त्तिक गठवन्धनका उम्मेद्धवारहरु बढी उत्साहित बनेका छन् ।

यसअघि २०७० सालको संविधानसभाको निर्वाचनमा आफू पाँचथरको क क्षेत्रबाट पराजित भए पनि र जित्ने सांसदले भन्दा आफूले पाँचथरको विकास र समृद्धिको निम्ति काम गरेकाले आफूलाई जनताले भोट हालेर विजयी गराउनेमा आफू विश्वस्त रहेको कांग्रेस पाँचथर ‘क’ क्षेत्रका उम्मेदवार नरेन्द्रकुमार केरुङले दावी गरेका छन् ।

८ वटा स्थानीय तह रहेको पाँचथरमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४, नेकपा एमालेले ३ सिट र नेकपा माओवादी केन्द्रले १ सिट जितेका थिए ।

यस्तै बामगठवन्धन बाटै पाँचथरको ख क्षेत्रमा उम्मेद्धवार बनेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य इन्द्र आङबो ‘मौसम’ भने हिजोका जनप्रतिनिधीहरुले काम गर्न नसकेको र अबको चुनावपछि बामगठबन्धनबाट स्थायी सरकार बन्ने र त्यसले जनताका इच्छा आकांक्षा पूरा गर्ने भएकोले आफूले उम्मेद्धारी दिएको वताउँछन् ।

संघीय समाजवादी फोरम नेपालका ख क्षेत्रका उम्मेदवार एबीराज आङ्देम्बेले अपुरो संविधानलाई पूर्ण बनाउने दायित्वलाई पूरा गर्न आफूले उम्मेदवारी दिएको बताए ।

राजनीतिक दलहरु चुनावी प्रचारमा लागेसँगै निर्वाचन कार्यालयले पनि तयारी तिव्र पारेको छ ।

जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राईले निर्वाचनको तयारी समयकै सक्ने गरी आफूहरुले काम गरिरहेको बताए ।

पाँचथरमा १२ वटा राजनीतिक दलका २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।