पाकिस्तानद्वारा नेपाललाई १० करोड सहयोग • Image Khabar Image Khabar


पाकिस्तानद्वारा नेपाललाई १० करोड सहयोग


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार १९:५५

पाकिस्तानद्वारा नेपाललाई १० करोड सहयोग

नेपालमा हालै गएको बाढी–पहिरोमा परेका पीडितहरुको पुनःस्थापना र पुनःनिर्माणका लागि खर्च गर्नेगरी उक्त रकम सहयोग गरिएको हो ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालका लागि पाकिस्तानी राजदूत माजार जावेदले उक्त रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ ।

रकम ग्रहण गर्दै प्रधानमन्त्री देउवाले पाकिस्तानी सरकारको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्