
यसक्रममा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई डडेल्धुरा-१ बाट र वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ–१ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
तनहुँ–१ मा कांग्रेसका अर्का नेता गोविन्दराज जोशीले दाबी गरेको भएपनि कांग्रेस संसदीय समितिको बिहीबारको बैठकले पौडेललाई उक्त क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै, विमलेन्द्र निधि धनुषा–३ बाट चुनाव लड्ने भएका छन् ।
यसैगरी, काठमाडौं–१ बाट प्रकाशमान सिंह, काठमाडौं–४ बाट गगनकुमार थापा र काठमाडौं–५ बाट प्रकाशशरण महतलाई उठाउने निर्णय भएको छ ।
यस्तै, गोपालमान श्रेष्ठ स्याङ्जा–२, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेछन् ।
डा. मीनेन्द्र रिजाल मोरङ–२, महेश आचार्य मोरङ–४ र शेखर कोइरालालाई मोरङ–६ नम्बर क्षेत्रबाट उम्मेदवार बनाइँदैछ ।
यसैगरी, काभ्रेपलान्चोक–१ मा तीर्थ लामा, सिन्धुली–१ मा प्रेमचन्द्र दाहाल, सिन्धुली–२ बाट नरेन्द्रजंग थापा, बारा–३ मा फरमुल्लाह मन्सुर, पर्वतमा अर्जुनप्रसाद जोशीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
यस्तै, एनपी साउद कन्चनपुर–२, रमेश लेखक कन्चनपुर–३, नारायण खड्का उदयपुर–१ र नारायणबहादुर कार्की–२ बाट चुनाव लड्ने निर्णय पनि भएको छ । अरु नेताहरुको भने निर्वाचन क्षेत्र टुंगो लाग्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्